रोड टु युएफसी : फिलिपिन्सका फाइटरलाई हराउँदै रवीन्द्र ढाँट सेमिफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । नेपालका चर्चित मिक्स मार्सल आर्टस (एमएमए) खेलाडी रवीन्द्र ढाँटले यूएफसी छनोट प्रतियोगिता रोड टू युएफसीमा विजयी भएका छन् ।

बिहीबार ढाँटले ब्यान्टमवेट विधाको क्वाटर फाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट ओलिन्टोजोनलाई पराजित गरे ।
यसअघि नै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाइसकेका ढाँट सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रोफेसनल एमएमए करियरमा रविन्द्रले ९ वटा जित हात पार्दा एउटा मात्रै फाइट गुमाएका छन् । ढाँटसँग पराजित भएका किम्बर्टले ७ वटा फाइट जित्दा ३ वटा खेलमा पराजित भए ।

ढाँटले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

ढाँट नेपालका एमएमएमा नेपालका लागि सबैभन्दा चर्चित फाइटरका रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?