लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन् ।

उनी उक्त मुद्दामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा पुर्पक्षमा थिए । ०८२ भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भागेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–५, बोहराटारबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका निम्ति केन्द्रीय कारागारमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?