यार्सागुम्बा संकलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

लोकपथ
56
Shares

गोरखा । यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।

बुद्ध हिमालको फेदबाट यार्सागुम्बा संकलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।

‘आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्, ‘वडासदस्य गुरुङले भने, ‘तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?