काठमाडौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि हिजो मात्रै प्रकाशित गरिएको दरखास्त आह्वान सूचना रद्द गरेको छ ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै उक्त दरखास्त प्रक्रिया विशेष कारणवश रद्द गरिएको जनाएको हो ।
अध्यक्ष पद पूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गर्दै हिजो मात्र सूचना प्रकाशित गरिएको थियो, तर एक दिन नबित्दै प्रक्रिया स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया