दुर्गा प्रसाईँ पक्राउबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

लोकपथ
0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

सर्वोच्चले प्रसाईँ पक्राउ पर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

बुधबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।

‘आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा भनिएको छ ।

केहीदिनअघि प्रहरीले प्रसाईँलाई पर्साको वीरगञ्जबाट पक्राउ गरेको थियो । पछिल्लो समय सरकारविरुद्ध खरो आलोचनामा उत्रिएका प्रसाईँलाई वीरगञ्जमा कार्यक्रमका लागि पुगेका बेला प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?