त्रिविको उपकुलपतिले दिए शिक्षाध्यक्षको जिम्मेवारी खनाल र रजिस्ट्रारको चालिसेलाई

लोकपथ
147
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशील बज्राचार्यले शिक्षाध्यक्षमा शंकर प्रसाद खनाल र रजिस्ट्रारमा महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् ।

उपकुलपति बज्राचार्यले शुक्रबार दुवै पदमा अस्थायी जिम्मेवारी तोकेका हुन् ।

यसअघि अध्यादेश जारी भएपछि विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरू पदमुक्त भएका थिए । तर अध्यादेश आउनुअघि नै तत्कालीन उपकुलपति दीपक अर्यालले राजीनामा दिएका थिए । 

उनीसँगै शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए ।

रिक्त रहेका पदमा विश्वविद्यालयले तत्कालका लागि नयाँ जिम्मेवारी तोकेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?