कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

लोकपथ
14
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्न  लागेको हो । 

समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादन भएका कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयका कार्यक्रम कार्यान्वयनको अवस्था, कृषि क्षेत्रका प्राथमिकता तथा आगामी योजनाबारे समेत सदस्यहरूले धारणा राख्ने  बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?