मन्त्रालय पुनर्संरचनासँगै मन्त्रीहरूको जिम्मेवारी फेरबदल, गृह र रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीकै मातहतमा

लोकपथ
189
Shares

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएर १८ वटा कायम गरेपछि मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गरेको छ ।

नयाँ संरचनाअनुसार मन्त्रालय गाभिएका वा खारेज भएका अवस्थामा बाहेक पुराना मन्त्रीहरूको जिम्मेवारी यथावत राखिएको छ ।

यस क्रममा नयाँ बनाइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैँले सम्हालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि क्षेत्र छुट्याएर यो मन्त्रालय गठन गरिएको हो ।

प्रधानमन्त्रीले यसअघि नै सम्हाल्दै आएको रक्षा मन्त्रालयसँगै अब गृह मन्त्रालयको जिम्मेवारी पनि आफैँसँग राखेका छन् । गृह मन्त्रालयका मन्त्री सुधनले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिएका हुन् ।

यसरी प्रधानमन्त्रीले तीनवटा मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?