संसदमा कांग्रेसले भन्यो– ‘प्रधानमन्त्री नआएसम्म विरोध जारी राख्छौँ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका हुन् ।

राईले सभामुखलाई संसद्को संरक्षक र अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रधानमन्त्री उपस्थित नभए आफ्नो दलको विरोध जारी रहने चेतावनी दिए ।

उनले भने, ‘सभामुख हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ । यदि प्रधानमन्त्रीज्यू अनुपस्थित हुनुभयो भने हाम्रो विरोध जारी रहनेछ ।’

राईले देशको कार्यकारी प्रमुखले संसद्जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गरे । उनले सत्तापक्षका सांसदहरूले त्यसलाई सामान्य बनाउने प्रयास गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?