संविधान संशोधन बहसमा नबोलाएपछि रुष्ट मिराज, स्टाटस लेख्दै पोखे आक्रोश

लोकपथ
0
Shares

काठमाडौं । संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलले जेनजी प्रतिनिधिसँग गर्न लागेको छलफलमा नबोलाएपछि मिराज ढुंगानाले आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमार्फत संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलमा भएको नियुक्तिमै उनले प्रश्न उठाएका हुन् ।

कार्यदलको अध्यक्ष असिम शाहलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘म त मुटुको सर्जरी गर्दा कार्डियोलोजिस्ट नै चाहिन्छ, प्लम्बरले हुँदैन भन्ने मान्छे परेँ । अब मुटुको सर्जरी प्लम्बरले गर्ने हो भने के होला परिणाम, त्यो मैले परिकल्पना गर्न खोज्दै छु ।

सायद निकास अनि निर्वाचन भनेर सबैभन्दा बढी संवैधानिक निकासको जिद्दी गर्ने मिरज ढुंगाना बाहेक अरू कोही थिएन । तर डाइरेक्टर शावको यो कार्यदलमा छलफल गर्न, म नगएकै उत्तम हो । डाइरेक्टर शावले मेरो फलानो फिल्मको जस्तो मसालेदार संविधान बनाउनु पर्छ भन्नु भयो भने म सुन्न सक्दिन होला ।’

उनले थप भनेका छन्, ‘एउटा अनुरोध डाइरेक्टर साब, खरानी ग्याङुसँग तपाईंको निकटता छ क्यारे, यो देशमा त्यस्ता खरानी ग्याङ फेरी नआउने र जो आजका खरानी ग्याङ छन् तिनीहरूलाई पनि कारबाहीको घेरामा ल्याउने संविधान बनाउनुस् है, जेनजी साथीहरू, तपाईँहरू चाहिँ जानु है ।

यो संवैधानिक दुर्घटना हुनबाट रोक्न सक्नुहुने भनेको तपाईँहरू नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?