विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलको अवरोधपछि भोलिसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै नाराबाजी र अवरोध गरेपछि संसदको कारबाही प्रभावित भएको हो ।

सभामुख डीपी अर्यालले पटक–पटक सदन सञ्चालनमा सहयोग गर्न र बैठक अघि बढाउन आग्रह गरे पनि विपक्षी दल सहमत नभएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?