काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधि, प्रक्रिया र विधान विपरीत गतिविधि भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजिएको आरोप समेत लगाए ।
नेता सिंहले लोकतन्त्र स्थापना र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस र अग्रज नेताहरूले खेलेको ऐतिहासिक भूमिकालाई उपेक्षा गर्न नहुने बताए । उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विधि र विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पार्टीलाई कमजोर बनाउने गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिँदै अदालत वा निर्वाचन आयोगका निर्णयभन्दा पनि पार्टीको इतिहास, योगदान र संगठनात्मक मर्यादा महत्त्वपूर्ण हुने उल्लेख गरे ।
सिंहले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गरेर मात्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा समेत राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया