आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको लागि राष्ट्रिय सभामा पेस

लोकपथ
0
Shares

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश गरिएको छ ।

बुधबार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरु भएको छ ।

राष्ट्रिय सभाका १९ जना सांसदहरुले नीति तथा कार्यक्रममा ८ वटा संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?