यातायात व्यवसायी महासंघको महाधिवेशन, नेतृत्व चयनका लागि मतदान जारी

लोकपथ
98
Shares

काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

पोखरामा जारी सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाका अनुसार, आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको हो ।

महाधिवेशनमा देशभरका १५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्दै छन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यम (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको महासंघले जनाएको छ ।

महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा छन् । आइतबारदेखि सुरु महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?