बेलकोटगढीको कल्याणीदेवी माविले कायम राख्यो उत्कृष्टता,एसईईमा शतप्रतिशत नतिजा

लोकपथ
0
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित कल्याणीदेवी माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ।

२६ जाअले परीक्ष्या दिएकोमा सबै उत्त्रीण भएक हुन ।

विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीका अनुसार गत वर्ष पनि विद्यालय नगरपालिकाभित्र उत्कृष्ट पहिलो विद्यालय बन्न सफल भएको थियो भने यस वर्ष पनि निरन्तरता दिँदै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन विद्यालय सफल भएको हो।

यस वर्ष विद्यालयबाट सहभागी विद्यार्थीमध्ये भवानी न्यौपानेले सबैभन्दा धेरै ३ ।७१ जिपिए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। विद्यालयका अन्य विद्यार्थीहरूले समेत राम्रो जिपिए ल्याएर विद्यालयको शैक्षिक स्तर उकास्न योगदान दिएका छन्।

पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको अवस्थामा कल्याणीदेवी माध्यमिक विद्यालयले प्राप्त गरेको यो सफलता सामुदायिक विद्यालय सुधारको सकारात्मक उदाहरण बनेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार पुडासैनीले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि विद्यालयलाई अझ गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?