वैदेशिक रोजगारीको प्रलोभनमा पारी ३५ लाख ठगी, एक जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी ३५ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने शैलेन्द्र पाण्डे रहेका छन् ।

विदेशमा आकर्षक तलबको रोजगारीमा पठाइदिन्छु भन्दै १३ जना पीडितबाट उनले ३५ लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए । उनले सर्विया, स्लोभाकिया लगाएतका मुलुकहरुमा पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट ठगी गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय टेकुकाट खटिएको प्रहरी टालीले उनलाई सोमवार काठमाडौं नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?