एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण  ?

लोकपथ
112
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए बागमती प्रदेशबाट ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बागमती प्रदेशमा २० हजार ४२९ जना विद्यार्थीले उक्त जीपीए हासिल गरेका छन् । यो संख्या अन्य प्रदेशको तुलनामा उल्लेखनीय रूपमा उच्च रहेको देखिएको छ ।

अन्य प्रदेशहरूको विवरण अनुसार

कोशी प्रदेश : ८ हजार ६७४ जना
मधेश प्रदेश : ६ हजार १७२ जना
गण्डकी प्रदेश : ३ हजार ९९९ जना
लुम्बिनी प्रदेश : ६ हजार ४३६ जना
कर्णाली प्रदेश : १ हजार २६८ जना
सुदूरपश्चिम प्रदेश : १ हजार ४१४ जना

नतिजाले उच्च जीपीए हासिल गर्ने विद्यार्थीहरूको संख्या प्रदेशअनुसार फरक–फरक रहेको देखाएको छ । बागमती प्रदेशले भने स्पष्ट रूपमा अग्रस्थान कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?