धादिङको बैरेनीमा २ बस ठोक्किँदा ३७ जना घाइते

लोकपथ
105
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनी क्षेत्रमा गएराति भएको सवारी दुर्घटनामा ३७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडकमा रोकी राखिएको ट्रकलाई बाग्लुङतर्फ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिएको थियो । त्यसपछि सोही बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मध्ये तीनजनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये १९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र ९ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

आपसमा ठोक्किएका बस र घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?