काठमाडौं । सरकारले अगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका छन् ।
उनकाअनुसार स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायि बजेट लागू गरिनेछ ।
असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समूदायमै संरक्षण तथा पुर्नस्थापन सेवाको व्यवस्थापन गरिने समेत घोषणा गरे ।
उनले अपांगता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने सरकारको नीति रहेको बताए । उनले सार्वजनिक संरचनालाई पूर्णमैत्री अपांगमैत्री बनाइने बताए ।
उनले गैरआवासीय संथामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्न कानूनी सुधार गरिने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया