प्रतिनिधि सभाको मस्यौदा नियमावली पेस

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा –२०८३ पेस गरिएको छ । 

सोमबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस  गरेको हो । 

समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको हो । 

मस्यौदामा प्रतिनिधि सभाको बैठकको कार्य प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न प्रावधान समेटिएका छन् । 

जसअनुसार बैठक कक्षभित्र फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । 

मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित हुने प्रावधान राखिएको छ भने आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयमा सात दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?