विभिन्न ८ विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त आह्वान

लोकपथ
35
Shares

काठमाडौं । विभिन्न ८ विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन खुला गरेको हो ।

समितिले बिहीबार स्वीकृत गरेको विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम योग्य तथा इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएको जनाएको छ ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले उक्त एकीकृत कार्यविधिसमेत आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?