सरकारको कदमप्रति दुजाङ शेर्पाको प्रश्न : राजनीतिक नियुक्तिलाई किन बदनाम गरिँदैछ ?

लोकपथ
42
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी  गरेका  छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यस्तो  बताएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरूको बदनाम गर्ने गरी भाष्य निर्माण गर्नै खोजेको आरोप  लगाएका हुन् । 

विगतका सरकारले नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उनको जिकिर छ । 

उनले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? भन्दै प्रश्न गरे । 

उनले भने , ‘प्रधानमन्त्री बालेन्द्र साहले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्तिहरू र पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरू सबै ब्रिफ केस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ । प्रधानमन्त्रीज्यूको क्याबिनेटको अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुपर्‍यो कति करोड बुझाएर तपाईँ हिजो योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? हिजो नेपाली काँग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताको आधारमा नियुक्त गरेको हो नि ।’

उनले विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह गरे  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?