कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज, समसामयिक विषयमा छलफल हुने

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।

दिउँसो ३ बजे पार्टी कार्यालय, ललितपुरमा बैठक बस्ने गरी आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उपस्थित हुनेछन् । प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको दुलालले बताए ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?