वर्तमान सरकार फाँसीवादी शैलीमा अघि बढ्यो : सिपी गजुरेल

लोकपथ
35
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकार फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फाँसीवादी शैलीमा अघि बढिरहेको जिकिर गरेका हुन् । 

महासचिव गजुरेलले सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाए । उनले सरकार नेपाली जनताको हितमा नभएको बताए । 

महासचिव गजुरेलले भने,‘परिस्थति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने  हो भने फाँसीवाद लागू गर्दै गईराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुम्वासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अव यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अव विद्यार्थीहरूले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि । पञ्चायति व्यवस्थापनमा पनि त्यो थिएन नि । सुरुमा पञ्चायती व्यवस्थामा सबै संगठनहरुलाई प्रतिबन्ध लगाउने भन्ने थियो । तर पछि गएर विद्यार्थीहरूले संघर्ष गरेर विद्यार्थी संगठन त प्राप्त गरे नि । त्यसमाथि लगाइएको प्रतिबन्ध त त्यतिखेर नै हटेको थियो । निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरूले चुनाव पनि लडन पाउथे, अरू अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन ।’

महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरूबिच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?