काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारमा सो बैठक केही बेर अगाडि सुरु भएको हो । बैठकमा प्रतिनिधि सभा सञ्चालन सम्बन्धि कार्यविधिमाथि छलफल भइरहेको छ ।
प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा प्रभावकारी ढंगले सञ्चालन हुनेगरी त्यसको नियमावलीको व्यवस्था गर्नका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा सो समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुले विद्यमान नियमावलीमा धेरै दफाहरुमा संशोधनको आवश्यकता औँल्याएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया