काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी हारले पार्टीको भविष्य समाप्त नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले राप्रपा ‘सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ’ भन्ने कल्पना नगर्न चेतावनी दिएका हुन् ।
उनले पार्टी हजारौँ कार्यकर्ताको रगत, पसिना र संघर्षबाट निर्माण भएको उल्लेख गर्दै चुनाव हार्दैमा कुनै पनि राजनीतिक दलको अस्तित्व समाप्त नहुने बताएका छन् ।
लिङ्देनले राप्रपा आफ्नो मूल मुद्दाबाट पछि नहट्ने पनि प्रष्ट पारेका छन् । पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्रको अवधारणा र प्रदेश संरचना खारेजीको एजेन्डालाई निरन्तरता दिने उनले उल्लेख गरेका छन् ।
उनका अनुसार राप्रपा आफ्ना कमजोरी सुधार गर्दै पुनर्गठनमार्फत अझ सशक्त रूपमा अघि बढ्ने तयारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया