काठमाडौं । नेपाली कांग्रेसले आज प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपाामा आज दिउँसो हुने छलफलमा सातै प्रदेशका पार्टी सभापति र प्रदेश संसदीय दलका नेताहरू सहभागी हुने जनाइएको छ ।
छलफलमा प्रदेश सरकारको कामकारबाही, मन्त्रालय संख्या घटाउने सम्भावना तथा सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर समीक्षा हुने बताइएको छ ।
कांग्रेसले हाल मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया