विपक्षी दलका सांसदहरुसँग सभामुखले गरे छलफल

लोकपथ
70
Shares

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।

भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन् ।

उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट भीष्मराज आङदाम्बे, अर्जुननरसिंह केसी, नेकपा एमालेबाट गुरु बराल, पद्या अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

विपक्षी दलका सांसदहरुसँगको भेटका क्रममा सांसदहरुले संसदको कामकारबाहीलाई निष्पक्ष रुपमा अघि बढाउन आग्रह गरेका थिए । सभामुख अर्यालले आफूले नियमावलीमा भएका व्यवस्था र कानुन अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?