प्रधानमन्त्रीलाई एमाले सांसद हमालको प्रश्न : समानुपातिक सांसदहरुमाथि किन विभेद ?

लोकपथ
77
Shares

 काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमाल प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरुलाई भेट नदिएकोमा आपत्ति  जनाएकी छन् ।  

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरुबीचमा नै विभेद गरेको जिकिर  गरिन् । 

उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुमाथि किन विभेद ? सम्माननीय प्रधानमन्त्रीज्युबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय सदस्यज्यूहरुलाई भेट दिई विकास, निर्माणको विषयमा कुरा राख्ने अवसर दिनु भएको भन्ने कुरा सुन्नमा आएको छ । तर समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्युहरु उक्त अवसरबाट किन वञ्चित ?’

सांसद हमालले सरकारले विकास निर्माणको सवाल हुने छलफलको विषयलाई समेत रोजाईको विषय बनाउने काम गर्न नहुने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?