मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादाक्रम हेरफेर, सुधनलाई तेस्रोबाट पाँचौंमा झारियो [सूचीसहित]

लोकपथ
2k
Shares

काठमाडौं । मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादाक्रम हेरफेर गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(९) बमोजिम मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

जसअनुसार तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई ५औँ वरियतामा राखिएको छ ।

प्रधानमन्त्रीसहित रक्षा र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेका छन् । त्यस्तै तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाललाई ल्याइएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चौँथो वरियतामा राखिएको छ । यसअघि उनलाई छैठौँ वरियतामा राखिएको थियो ।

पाँचौँ नम्बरमा गृहमन्त्री गुरुङलाई राखिँदा छैठौँ स्थानमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित शहरी विकास मन्त्री रहेका सुनिल लम्साललाई राखिएको छ । उनी यसअघि पाचौँ वरियतामा राखिएको थियो ।

यस्तो छ मर्यादाक्रम :

यसअघि यस्तो थियो मर्यादाक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?