सभामुख अर्यालले बोलाए प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

लोकपथ
189
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । 

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, अहिले बिहान ११ बजे बस्नेगरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरिएको हो । 

बैठकमा ३ विषयमा छलफल हुने जनाइएको छ । महासचिव पाण्डेका अनुसार, बैठकमा आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधिसभा नियमावली परिमार्जन समिति गठनबारे छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?