राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी भण्डारीको उम्मेदवारी

लोकपथ
581
Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् ।

सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो ।

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी रहेकी छन् ।

राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शून्य रहेको छ । जसकारण पूराना दलहरुको सहमतिमा भण्डारीलाई उपाध्यक्षमा बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?