काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा अर्यालले शपथग्रहण गरेका हुन् ।
आज मात्रै प्रतिनिधि सभामा अर्याल सभामुख भएको घोषणा भएको थियो । यसअघि शुक्रबार सभामुखका लागि उम्मेदवारी दिन आह्रवान भएको थियो । तर अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए । यद्यपि आधिकारिक रुपमा आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
सभामुखको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह ‘शाह’, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहक सभामुख सपना प्रधान मल्ल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया