काठमाडौं । सरकारले चैत २३ गते सोमबारबाट सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार पेट्रोलियम पदार्थमा देखिएको असहजताका कारण भोलिबाट नै लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको हो । त्यस्तै शैक्षिक संस्था बाहेक सरकारी कार्यालयहरु बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछन् ।
‘पेट्रोलियम आपूर्तीमा भएको असहजताका कारण ०८२ साल चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने । त्यस्तै शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने,’ उनले भने ।
त्यस्तै आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय समेत सरकारले गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया