बालेन प्रधानमन्त्री बनेर मैले पुनर्जन्म पाएँ : डा. अमरेशकुमार सिंह

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएको कारण आफ्नो पुनर्जन्म भएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. सिंहले सो कुरा बताएका हुन् ।

गत माघ ५ गते जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा बोल्दै सिंहले बालेन प्रधानमन्त्री नभए आफू आत्मदाह गर्ने दाबी गरेका थिए । त्यसपछि उनको ठूलो आलोचना समेत भएको थियो ।

‘बालेनजी प्रधानमन्त्री बनेका कारणले मेरो पुनर्जन्म भयो । यदी बालेनजी प्रधानमन्त्री नबनेको भए जनकपुरको आमसभामा भनेका थिएँ आत्मदाह गर्छु भनेर । तपाईँहरुले छाड्नुहुने थिएन,’ उनले भनेका छन्र्, बालेन जी प्रधानमन्त्री भएको कारणले मैले पुनर्जन्म पाएँ, त्यसकारण म खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?