काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समानुपातिक सांसद अर्जुननरसिंह केसीले आफूलाई ‘ससुरा–ज्वाइँ’को ट्यागमा सीमित गरेर आलोचना गरिएकोप्रति आपत्ति जनाएका छन् ।
उनले पार्टी सभापति गगनकुमार थापा सँगको पारिवारिक सम्बन्धका आधारमा आफूलाई अवसरवादी देखाउने प्रयास भइरहेको बताएका हुन् ।
केसीले यस्ता टिप्पणीले आफूलाई कुनै असर नपर्ने स्पष्ट पार्दै आफ्नो राजनीतिक जीवन र योगदान छुट्टै पहिचान भएको दाबी गरे । विस २०१७ साल पुस १ गते राजा महेन्द्र को कदमविरुद्ध पर्चा बाँड्दा जेल जीवन सुरु गरेको स्मरण गर्दै उनले लोकतन्त्रका लागि आफूले लामो संघर्ष गरेको बताए ।
उनले आफूलाई केवल गगन थापाको ‘ससुरा’का रूपमा चिनाउने प्रयास योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाए । ‘मेरो पहिचानलाई सीमित गर्न खोजिएको छ, तर समाजले मलाई मेरो कामका आधारमा चिन्छ,‘उनले भने।
पार्टीभित्रैबाट समेत यस्तो प्रवृत्ति देखिएको भन्दै उनले असन्तुष्टि जनाए । साथै, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोईराला को उदाहरण दिँदै उनले पारिवारिक सम्बन्धकै आधारमा नेतृत्व र जिम्मेवारी बाँडिएको नभई व्यक्तिगत योगदान महत्वपूर्ण हुने बताए ।
केसीले आफू रुपान्तरण र पुस्तान्तरणको पक्षमा रहेको र विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै आएको बताए । कांग्रेसलाई रूपान्तरण हुन नचाहनेहरूले आफूलाई माध्यम बनाएर सभापति थापामाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया