संविधान संशोधनको आवश्यकता र औचित्य छ : खम्मबहादुर खाती

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खातीले संविधान संशोधनका लागि गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराएका हुन् । उनले वर्तमान संवैधानिक व्यवस्था खर्चिलो भएको र यसमा परिमार्जन आवश्यक रहेको औंल्याए ।

खातीले न्यायपालिकाको सुधारका विषयमा पनि जोड दिए । संशोधन प्रक्रियाका बारेमा स्पष्ट पार्दै उनले ले कुनै छुट्टै आयोग वा कमिटी गठन गरेर मात्र यो सम्भव नहुने बताए । उनकाअनुसार संविधान संशोधनको प्रक्रिया सार्वभौम संसदबाटै अघि बढ्नुपर्छ ।

उनले सल्लाहकारको अध्यक्षतामा हुने नोटेड गर्ने प्रक्रिया हुनसक्ने र त्यसमा अन्य राजनीतिक दलहरुको सहभागिता तथा विज्ञहरुको भुमिकाका बारेमा पनि छलफल हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?