नयाँ पुस्ताले सोचेजस्तो ‘केही नभएको’ भन्ने तर्क गलत रहेको प्रथम राष्ट्रपति यादवको दाबी

लोकपथ
0
Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै उनले सात सालदेखि हालसम्मको राजनीतिक उतारचढाव र उपलब्धिहरूको सिंहावलोकन गर्दै नयाँ पुस्ताले सोचेजस्तो ‘केही नभएको’ भन्ने तर्कमा सहमत हुन नसकिने धारणा राखेका हुन् ।

उनले आफू कहिले विद्यार्थी, कहिले डाक्टर, किसान र कहिले पार्टीको महामन्त्री हुँदै देशको राष्ट्रपतिसम्म पुग्दा समाजले धेरै फड्को मारिसकेको बताए । महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनिय परिवर्तन भएको उनको दाबी छ । यद्यपि, शहरको तुलनामा ग्रामीण महिलाहरूको अवस्था अझै सुधारोन्मुख हुनुपर्नेमा उनको जोड छ ।

उनले राष्ट्रका लागि योगदान पुर्‍याउने अग्रजहरूको सम्मान गर्नुपर्ने र उनीहरूको योगदानलाई लिपिवद्ध गर्नुपर्ने सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?