सुशासन र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार अघि बढिसकेको छ : सांसद पराजुली

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दलित समूदायमाथि भएको विगतमा राज्यले गरेको उत्पीडनका लागि पार्टी सभापतिको क्षमायाचनालाई महत्वपूर्ण र ऐतिहासिक कदम भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले यस्तो बताएका हुन् । उनले दलित समुदायले भोग्दै आएको विभेद र राज्यस्तरीय उत्पीडनप्रति पार्टीले लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गरे ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभापति रवि लामिछानेले संसदको रोष्ट्रमबाट माफी मागेका थिए । सांसद पराजुलीले सुशासन र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार अघि बढिसकेको दाबी समेत गरे ।

उनकाअनुसार मुलुकमा सुशासन कायम गर्दै नेपाल विकासको तिव्र गतिमा अघि बढ्ने विश्वास सबैले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?