रोष्ट्रमबाटै रविले भने– ‘सदनमा प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ’

लोकपथ
112
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा प्रतिपक्षको आवाज कमजोर हुन नदिने बताएका छन् ।

आज बसेको संसदको पहिलो बैठकमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ,’ उनले भनेका छन् ।

यसैगरी आफूहरुलाई पूराना राजनीतिक दल र संसदका विपक्षी दलहरुलाई समेत मिलाएर बढ्ने भन्दै आफूहरुलाई २४सै घण्टा निगरानी गरिदिन समेत आग्रह गरे । साथै विपक्षी दलहरुको समेत चुनावी प्रतिवद्धतालाई समेत स्वामित्व लिन तयार रहेको बताए ।

‘हामीमाथि २४सै घण्टा निगरानी गरिदिनुहोला,’ उनले भने, ‘विपक्षी दलको चुनावी प्रतिवद्धताको पनि स्वामित्व लिन ।’

लामिछानेले आफूहरुले दिन गनेर मात्र नभइ सेकेण्ड गनेर काम गर्न सुरु गरिसकेको बताए ।

‘हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न सुरु गरेका छाँै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?