काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाललाई चयन गरेको छ ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा डा.दंगाल सर्वसम्मतरुपमा चयन भएका हुन् । बादल पनि हिजो बुधबार मात्रै संसदीय दलको नेतामा चयन भएका थिए ।
राष्ट्रियसभा संसदीय दलको नेतामा चयन भएका डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । दंगाल एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया