कांग्रेस संस्थापनइतर समूहको आज बस्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित 

लोकपथ
518
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको जनाइएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको जनाइएको छ । अब थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेलाबारे निर्णय गरिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?