संघीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले आज अपराह्न १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको छ । संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आज अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको बताए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार अपराह्न २ बजे बस्नेगरी संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलको सहभागिता छ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?