काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नवनिर्वाचित सांसदहरुसँग भेटघाट थालेका छन् ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सांसदहरुसँग प्रधानमन्त्री बालेनले भेट गरेका हुन् ।
बालेनले प्रदेश वाइज सांसदहरुसँग भेटघाट गरेका हुन् ।
अहिले कोशी प्रदेशका नवनिर्वाचित सबै पार्टीका सांसदहरुसँग प्रधानमन्त्री बालेनले भेट गरिरहेका छन् ।
जहाँ इलाम क्षेत्र नं २ बाट निर्वाचित एमालेका सुहाङ नेम्वाङ, झापा क्षेत्र नं २ बाट निर्वाचित रास्वपाकी इन्दिरा राना मगर, ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका विश्वराज पोखरेल, मोरङ–३ बाट निर्वाचित रास्वपाका गणेश पौडेल लगायत सबै दलका प्रायजसो सांसदहरु रहेका छन् ।
त्यसअघि बालेनले कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरुसँग भेटघाट गरेका थिए । सबै प्रदेशका सांसदहरुलाई पालैपालो भेट गर्ने बालेनको कार्यसूची रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया