बाबुराम र हिसिलाले ४५ वर्षअघि विवाहका लागि गरेको ‘त्यो प्रतिज्ञा’

लोकपथ
469
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री समेत रहेकी हिसिला यामीबिच २०३७ साल चैत १६ गते विवाह भयो । गोरखाका बाबुराम र काठमाडौंमा नै जन्मेहुर्केकी हिसिलाबिच भारतमा अध्ययनको शिलशिलामा भेट भएको थियो ।

दुई फरक परिवेश, संस्कार र जातीय समाजमा हुर्किएका दुईबिच यस्तो बेला विवाह भयो त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था लागु थियो ।

त्यतिबेला अहिले जस्तो खुला नभइसकेको समाजमा गोरखाका ब्राम्हण परिवारका बाबुराम र काठमाडौंको नेवार समुदायकी हिसिलाबिच विवाह हुनु चानचुने कुरा थिएन । धेरै अन्तर्वार्ताहरुमा बाबुराम र हिसिलाले आफ्नो विवाह र त्यसपछिको समाजको प्रतिक्रियाबारे बताएका पनि छन् ।

०५२ बाट ०६२–०६३ सम्मको सशस्त्र क्रान्तिका मुख्य पात्र बाबुरामले आफ्नो विवाहको निर्णयमा समेत क्रान्ति नै गरेको व्याख्या समेत हुन्छ ।

आज आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा बाबुरामले तस्बिरसहित त्यसबेला विवाह गर्दा गरेको प्रतिज्ञा सार्वजनिक गरेका छन् ।

त्यहाँ बाबुराम–हिसिलाले विशेष प्रकारको मानवीय सम्बन्ध आफ्नै स्वतन्त्र इच्छा र विवेकले प्रवेश उच्चतर व्यक्तित्वको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेको देखिन्छ ।

‘हामी यो विशेष प्रकारको मानवीय सम्बन्ध आफ्नै स्वतन्त्र इच्छा र विवेकले प्रवेश उच्चतर व्यक्तित्वको विकासमा सघाउ पुर्‍याउनेछ तबसम्म यसलाई अविच्छिन्न कायम राख्ने प्रतिज्ञा गर्दछौँ,’ खुला प्रतिज्ञापत्रमा भनिएको छ, ‘यसको साथै हामी आफ्नो आजदेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ ।’

यस्तो छ विवाहका बेला बाबुराम–हिसिलाले गरेको त्यो प्रतिज्ञा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?