काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सरकार प्रवक्ता एवं शिक्षामन्त्री सुस्मित पोखरेलका अनुसार, बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । नवगठित मन्त्रिपरिषद्को आज बस्ने यो दोस्रो बैठक हो ।
यसअघि बालेन्द्र शाह प्रधानमन्त्री भएको दिन शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बालेन्द्र सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया