काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको भन्दै एमाले धनुषाले विरोध गरेको छ ।
एमाले धनुषाले राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगका आधारमा गरिएको यस्तो कार्यले लोकतन्त्र, विधिको शासन तथा संविधानप्रदत्त मौलिक हक–अधिकारमाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध हो ।
ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषामा विरोध पत्र समेत बुझाएको छ ।
विरोध पत्र बुझाउँदै एमाले धनुषाले गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, भदौ २३ र २४ गतेको घटना सत्य तथ्य छानबिन गर्नुपर्ने माग गरेको छ ।
विरोध पत्रमा राजनीतिक असहमति वा फरक विचारका आधारमा राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य नहुने भनिएको छ ।
कुनै पनि नेतामाथि गरिने कारबाही कानुनी प्रक्रिया, पारदर्शिता र निष्पक्षताको आधारमा हुनुपर्नेमा विरोध पत्रमा उल्लेख गरिएको छ ।
यसअघि एमाले धनुषाले ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गर्दै नाराबाजी समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया