काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज आइतबार प्रहरीले अदालत पेस गर्ने भएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले हिजो शनिबार बिहान उनीहरूलाई उनीहरूकै निवासबाट पक्राउ गरेको थियो ।
शनिबार अदालत बिदा भएकाले उनीहरूलाई आज प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीले दुवैलाई अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गर्न लागेको हो ।
ओली अहिले शिक्षण अस्पताल महाराजगन्जमा प्रहरी निगरानीमा छन् भने लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।
कार्की आयोगले लापरबाही र हेलचेर्क्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया