यी हुन् मन्त्रीमा टुंगो लागेका नामहरू, केहीको बाँकी

लोकपथ
1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद्मा रहने केही मन्त्रीको नाम टुंगो लागेको छ । 

बालेनलाई आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनले अब केही समयपछि पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

उता, मन्त्री चयनका लागि प्रधानमन्त्रीमा नियुक्त बालेन र रास्वपा सभापति रवि लामिछानेसहितको बैठक चलिरहेको छ । 

रास्वपा स्रोतका अनुसार हालसम्म अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ, गृहमन्त्रीमा सुदन गुरुङ र कृषि तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावलको नाम टुंगो लागिसकेको छ । 

यस्तै, कानुन मन्त्रीमा सोविता गौतम, स्वास्थ्य मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला बालबालिका मन्त्रीमा सीता वादी र उद्योग मन्त्रीमा अमरेश सिंहको टुंगो लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?