काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानून मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् ।
बिहीवार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाईलहरु अड्केर बस्ने गरेको गुनासो आएको बताएका हुन् । उनले कानूनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाईएको बताए । उनले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए । आवश्यक परे सम्बन्धित मन्त्रालयका अधिकारीलाई मन्त्रालयमै बोलाएर वा स्वयं फाइल लिएर सम्बन्धित निकायमा पुगेर छलफल गर्न उनले आग्रह समेत गरे । मन्त्री सिन्हाले सुशासनका लागि समयसीमा निर्धारण गरेर काम गर्न पनि आग्रह गरे ।
मन्त्रालयमा दर्ता भएका फाइल कति दिनभित्र टुंगो लाग्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर काम गर्न उनको सुझाव छ । उनले सुशासनको लागी राम्रो सिष्टम बनाउनुपर्ने र सिष्टम बनाउने काम कर्मचारीको भएको बताए । केही कर्मचारीका कारण सम्पूर्ण निजामती सेवामाथि नकारात्मक धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए ।
उनले आफूले सम्हालेका मन्त्रालयमध्ये कानून मन्त्रालयमा सुशासन कायम रहेको पाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया